धादिङमा दुई वटा बस ठोक्किए : चिया पिउँदै गरेका टिपर चालकको ज्यान गयो

काठमाण्डौ । धादिङको थाक्रे गाउँपालिका–६ मा आज बिहान दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ । काठमाण्डौबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०६ नम्बरको बस र दाङबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१००६ ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा नजिकै चिया पसलमा चिया पिउँदै गरेका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा टिपरका चालक धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङ रहेको ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो ।

ठक्करबाट अनियन्त्रित एउटा बस सडक छेवैमा रहेको चिया पसलमा पुगेको थियो । चिया पसल सञ्चालक खगेश्वर शर्मा र रसुवाका लागि छुटेको बसका यात्रु सफलता पुलामी मगर घाइते हुनुभएको छ । घाइतेमध्ये शर्मालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search