शेयर बजार १० अङ्कले घटेर २ हजार ७ सय विन्दुमुनि झर्‍याे, ११ अर्ब ६५ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २५ अङ्कले घटेर २ हजार ६ सय ९८ दशमलव ४४ विन्दुमा झरेको छ । आज लगानी र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै २ दशमलव १३ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ६८ वटा कम्पनीको शेयर घटेकोमा ८५ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज कालिञ्चोक दर्शन कम्पनीको शेयर सबैभन्दा धेरै ८ दशमलव ९१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सुमर माई हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम सामान्य बढेको छ । गएको बिहीवार ११ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ३ सय ३० वटा कम्पनीका २ करोड ६२ लाख कित्ता शेयर ११ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search