सुनको भाउ आज तोलामा ४ हजार १ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि बढेको छ । सुुन आज तोलामा ४ हजार १ सय रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ २ सय ४० रुपैयाँले बढेको छ । चाँदी २ सय ४० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search