कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा एक/दुई ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यतिबेला तराई केही ठाउँमा हुस्सु लागेको छ । दिउँसो पछि तराईमा लागेको हुस्सु तथा कुहिरो क्रमिक रुपमा हट्दै जाने महाशाखाका मौसमविद् सरोज पुुडासैनीले जानकारी दिनुभयो । दिउँसो सुदूरपश्चिम सहित देशका पहाडी तथा हिमाली भू–भागमा आशिंक बदली हुने र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने मौसमविद् पुडासैनीले बताउनुभयो ।

राति तराईका केही ठाउँमा हुस्सु कायमै रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च भू–भागमा हल्का वर्षा वा हिमपातको समेत सम्भावना रहेको छ । आज जस्तै भोलि पनि तराईमा केही ठाउँमा हुस्सु/कुहिरो तथा पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल रहनेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा एक/दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ । पर्वतीय क्षेत्र र तराईका केही भू–भागमा कुहिरो तथा हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । काठमाण्डौमा आज विहानको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search