दाङमा पुल निर्माणका लागि खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुई जनाको ज्यान गयो

दाङ । दाङमा पुल निर्माणका लागि खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुई जनाको ज्यान गएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा पुल बनाउनका लागि खनेको खाल्डोमा लुम्बिनी प्रदेश ०२–००१ प ११०२ नम्बरको मोटरसाइकल खसेको हो ।

दुर्घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का मोटरसाइकल चालक २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका–१७ का ३९ वर्षीय कमल वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रमेश बोहराले जानकारी दिनुभयो ।

घोराहीबाट तुलसीपुरतर्फ गुडिरहेको मोटरसाइकल आज बिहान साढे ९ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा ज्यान गएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search