वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ४ जना पक्राउ

पर्सा वीरगन्जको अवैध गोदाममा छापा मार्नेक्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति चार जना पक्राउ परेका हुन् । पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आवश्यक अनुसन्धान भइरहेको बताउनुभएको छ ।

वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले हिजो वीरगन्जको आदर्शनगरमा मदनप्रसाद गुप्ताको अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका र सशस्त्रकै दुईवटा गाडीमा क्षति पुगेको थियो । टोलीले झन्डै १२ लाख ५० हजार मूल्य बराबरका सामान बरामद गरेको जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search