रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछामका अनुसार घटनास्थलमा अहिले गोताखोरको टोलीले उद्धारको काम गरिरहको छ । यसअघि बसमा १३ जना चढेको भनिए पनि झन्डै २० जना रहेका अनुमान छ । अहिलेसम्म ९ जनाको शव निकालिएको र मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीकाे भनाइ छ ।
आज बिहान काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको अरनिको यातायातको प्रदेश ३–०१–००५–९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–६ लिलौटीबाट बस तामाकोशी नदीमा खसेको हो ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि मन्थली र खुर्कोटका विभिन्न अस्पतालमा पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।











