फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न दलहरूलाई निर्वाचन आयोगको निर्देशन

काठमाण्डाै । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूलाई आउँदाे फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको छ ।

फागुन २१ गते हुने चुनावमा भाग लिएका सबैलाई चुनावी प्रचारप्रसारमा जानुअघि नै फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आयोगले निर्देशन दिएको सहायक प्रवक्ता कुलबहादुर जिसीले उज्यालाेलाई जानकारी दिनुभयाे ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्र आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम आयाेगले दलहरूलाई चुनावी आचारसंहिता पालना गर्न भनेको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search