आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाण्डौ । सरकारले देशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालू आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने गरी अर्धवार्षिक समीक्षामा नयाँ प्रक्षेपण सार्वजनिक गरिएको हो ।

गएको आर्थिक वर्षमा भने कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान छ । बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा कूल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा तीन प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ ।

गएको वर्ष त्यहि अवधिमा कूल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा यस्तो वृद्धि २.९ प्रतिशत रहेको संशोधित अनुमान छ । बजेट मध्यावधि समीक्षा प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको बितेका ६ महिनाको औसत मुद्रास्फीति १.७ प्रतिशत छ । अघिल्लो वर्षको त्यहि अवधिमा मुद्रास्फीति ४.९७ प्रतिशत थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search