प्रचार शुरू गर्नुअघि दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

काठमाण्डाै । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई निर्देशन जारी गरेको छ । दलहरूले प्रचारप्रसार गर्न पाउने दिन शुरू हुनुअघि प्रेस विज्ञप्ति निकालेर आयोगले चुनावी प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने ६४ बुँदे निर्देशन सार्वजनिक गरेको हो ।

निर्देशनअनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले भोलिदेखि १८ गतेसम्म जुलुस, आमसभा र घरदैलो कार्यक्रम गर्न पाउनेछन् । आयोगले चुनावी प्रचारप्रसारमा हिंसा, धम्की, लोभ लालच र सामाजिक बहिष्कार जस्ता गतिविधिमा कडाइका साथ रोक लगाएको छ ।

त्यस्तै मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने आयोगले स्पष्ट पारेको छ । मतदानको दिन मतदान केन्द्र र वरिपरि हतियार, विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न पनि निषेध गरिएको छ ।

आयोगले खर्चको सीमा पालना गर्न, मतपत्र दुरुपयोग नगर्न र निर्वाचन आचारसंहिताको पालना गर्न सबै दलहरूलाई अनुरोध गरेको छ । निर्देशन उल्लङ्घन गरेमा सम्बन्धित निर्वाचन अधिकृत वा आयोगमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search