इरानसँगको आणविक वार्तामा ‘अप्रत्यक्ष रूपमा’ संलग्न हुने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डको जेनेभामा हुने इरान र अमेरिकाबीचको वार्तामा आफू ‘अप्रत्यक्ष रूपमा’ संलग्न हुने बताउनुभएको छ । एअर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफू वार्तामा अप्रत्यक्ष रूपमा संलग्न हुने बताउनुभएको बीबीसीले जनाएको छ ।

ओमानको मध्यस्थतमा अमेरिका–इरान दोस्रो चरणको आणविक वार्ता आज जेनेभामा हुँदैछ । हिजो इरानको विदेश मन्त्रालयले आणविक मुद्दामा अमेरिकी अडान अब यथार्थपरक दिशामा अघि बढिरहेको बताएको थियो ।

ट्रम्पले यी वार्ताहरूलाई धेरै महत्त्वपूर्ण भन्दै यस पटक इरान सम्झौताप्रति गम्भीर रहेको सङ्केत गर्नुभएको छ । इरानले सम्झौता नगर्दाको परिणाम भोग्न नचाहने ट्रम्पले उल्लेख गर्नुभएको खबरमा उल्लेख छ ।

पछिल्ला केही हप्ताहरूमा अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । बीबीसी भेरिफाइले उपग्रह तस्वीरहरूका आधारमा इरान नजिकै अमेरिकी विमानवाहक यूएसएस अब्राहम लिङ्कनको उपस्थिति पुष्टि गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search