काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनाव सफल पार्न आह्वान गर्नुभएको छ । शेर्पा सङ्घले आज काठमाण्डौमा आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ) मे फो त ल्हो (नयाँ वर्ष) को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले चुनाव सफलतापूर्वक सम्पन्न गराउन सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सुशासनमार्फत समृद्धिबाट नै देशमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ । त्यसैका लागि लोकतन्त्रमा नागरिककाे अभिमत लिने उपयुक्त माध्यम चुनाव नै हाे । आउँदाे चुनावलाई सफल पार्न सबैलाई आह्वान गर्दछु ।’
राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट देशमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने उल्लेख गर्नुभयो । लोकतन्त्रमा नागरिकको अभिमत लिने उपयुक्त माध्यम चुनाव भएको उहाँको भनाइ छ ।











