चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाण्डौ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध रहेको बताउनुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि सञ्चार संस्थाले चुनाव अगाडी नै फलानो उम्मेदवार जित्छ भनी अग्रिम घोषणा गर्न निर्वाचन आचारसंहिताले प्रतिबन्ध लगाएको बताउनुभयो ।

भण्डारीका अनुसार यस्तो सर्वेक्षणले अन्य प्रतिस्पर्धीको मनोबल घटाउने र मतदातामा भ्रम तथा अनुचित प्रभाव पार्न सक्ने हुँदा यो कारबाहीयोग्य विषय हो । उहाँले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति पनि चिन्ता व्यक्त गर्दै कसैको चरित्र हत्या गर्ने वा कसैलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्ने कार्यबाट टाढा रहन आग्रह गर्नुभयो ।सामाजिक सञ्जालमा आउने सबै सामग्री सत्य नहुन सक्ने भन्दै प्रयोगकर्ताहरूलाई पनि सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search