काठमाण्डौ । आज देशका धेरै ठाउँको मौसम सफा छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा आंशिक बादल लागेको छ । तराइका थोरै ठाउँमा तुवाँलो लागेको छ ।
आज दिउँसोसम्म नै तराइका केही ठाउँमा हुस्सु/कुहिरो कायमै रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ ।
उच्च पहाडी र हिमाली भागमा एक–दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन भएको छ ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको थियो । काठमाण्डौमा हिजोभन्दा आज बिहान चिसो केही बढेको छ ।











