नेपालको निर्यात व्यापारमा ठूलो हिस्सा खाने तेलको

काठमाण्डाै । चालू आर्थिक वर्षको सात महिनामा नेपालबाट ७८ अर्ब रुपैयाँभन्दा धेरैको प्रशोधित खाद्य तेल निर्यात भएको छ, याे हिस्सा कुल निर्यातको झन्डै साढे ४६ प्रतिशत हो । तर यो निर्यातको आधार नेपाली उत्पादन नभई कच्चा तेल आयात गरेर प्रशोधित तेल निर्यात भएको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार त्यही अवधिमा ९३ अर्ब ७५ करोड रुपैयाँको कच्चा खाने तेल भित्रिएको छ जसमध्ये धेरैजसो अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट भटमासको तेल हो । साफ्टा सम्झौताअन्तर्गत भारत निर्यातमा भन्सार छुट पाइने भएकाले यो व्यापार अहिलेसम्म फाइदाजनक देखिए पनि अर्थविज्ञहरू यसले नेपालभित्र उत्पादन र रोजगारी सिर्जनामा खासै योगदान नगर्ने बताउँछन् । अब यो व्यापार नै सङ्कटमा पर्ने सम्भावना बढेको छ ।

भारत र अमेरिकाबीच आउँदो मार्चभित्र द्विपक्षीय व्यापार सम्झौता हुने तयारी छ । अमेरिकी प्रशोधित तेल शून्य भन्सारमा भारतमा आयात हुन पाउने भएमा नेपालको खानेतेल निर्यात ठप्प हुन सक्छ ।

विज्ञहरू दिगो निर्यातका लागि नेपालले अलैँची र गलैँचाजस्ता स्वदेशी वस्तुको उत्पादन र बजार व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने बताउँछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search