काठमाण्डौ । सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ । सुनको आज तोलाको ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १० हजार ३ सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा १ सय ७० रुपैयाँले बढेको छ । चाँदी तोलाको ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ४ सय २५ रुपैयाँ रहेको थियो ।











