संविधानमाथिको संकट हटाउन प्रतिनिधिसभामा बलियो कांग्रेस चाहिन्छ : लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अहिलेको अवस्थामा संविधान र लोकतान्त्रिक पद्धति संकटमा परेको टिप्पणी गरेका छन् । सोमबार कञ्चनपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता लेखकले अहिलेको संकट हटाउन प्रतिनिधिसभामा कांग्रेसको बलियो उपस्थिति चाहिने बताएका हुन् ।

‘अहिले संविधान संकटमा परेको छ । लोकतान्त्रिक पद्धति संकटमा परेको छ,’ लेखकले भने, ‘संविधान लिकमा ल्याउन र पद्धतिलाई सुचारू गर्नका निमित्त नेपाली कांग्रेस अब बन्ने प्रतिनिधिसभामा कांग्रेसको बलियो उपस्थिति जरुरी छ ।’

अझैँ ८/१० दिन बाँकी रहेकाले यो कुरा जनतासम्म पुर्‍याएर कांग्रेसको जितमा भूमिका खेल्न उनले कार्यकर्तासँग आग्रह गरे ।

‘अहिलेको यो अवस्थालाई जनताका घरघरमा गएर साथीहरूले अहिलेको वास्तविक स्थितिका बारेमा जानकारी दिएर कांग्रेसका पक्षमा जनमत तयार पार्न साथीहरूले भूमिका खेल्नुपर्छ,’ लेखकले भने ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search