मतदातालाई सहज बनाउन नारा लेकको हिउँ पन्छाएर सडक खुलाउने तयारी

हुम्ला । आगामी फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि नाम्खा गाउँपालिका-५ काे ४ हजार ९४९ मिटर उचाइमा रहेकाे नारा लेककाे हिउँ पन्छाएर सडक खुलाउने काम सुरु गरिएको छ ।

हिमपातले अवरुद्ध भएकाे नारा लेकको सडक हिउँ पन्छाएर लिमीका मतदाताहरूलाई आउजाउ गर्न सहज बनाउन लागिएको हो । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार हिल्सा सिमकाेट सडक याेजनाबाट स्काइभेटरसहित नारा लेककाे हिउँ पन्छाउन गइसकेको जनाएको छ ।

नाम्खा गाउँपालिका-५ काे ठाडाढुंगासम्म केही दिनअघि अनुगमन गरिएको थियो । अनुगमनको क्रममा १३ किलोमिटर हिउँले ढाकेको सडक पन्छाउनुपर्ने अवस्था थियो ।१३ किलोमिटर दुरीकाे हिउँ पन्छाएपछि मतदाताहरूलाई हिल्सासम्म आउजाउ सहज हुने मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search