काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केहीले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको बताएका छन्। झापामा आज बालेन्द्र साहप्रति लक्षित गर्दै ओलीले बच्चाबच्चीले भनिदिएजस्तो केहीले आफूहरुलाई प्रधानमन्त्री घोषणा गरिदिएको भन्दै कटाक्ष गरे।
उनले भने, ‘म सुन्छु प्रधानमन्त्रीका उम्मेदवार भन्ने कतिपय मान्छेले बच्चाबच्चीलाई सोध्यो भने, तिमी के हुने भन्यो भने प्रधानमन्त्री पनि भन्नसक्छ, राष्ट्रपति पनि भन्नसक्छ,’ तर उ बन्ने होइन नि। त्यस्तै ख्यालख्यालजस्तो लाग्यो मान्छेलाई।’ उनले आफूले सरकारको नेतृत्व लिँदा गरेका कामहरू पूरा गर्नका लागि निर्वाचनमा उम्मेदवारी दिएको पनि बताए।











