वीरगञ्जमा कर्फ्यू हटाएर भोलि बिहानसम्म निषेधाज्ञा

काठमाडौं । पर्साको वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ। शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको हो।

पर्सा प्रशासनले सोमबार बिहान ९:४५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू लगाएको थियो। तर कर्फ्यू हटाएर सोमबार अपराह्न ४:३० बजेदेखि लागु हुनेगरी मंगलबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको छ।

‘साँझ ४:३० बजेदेखि भोलि बिहान मिति २०८२-११-१२ गते बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्ने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।

आइतबार राति दुई पक्षबीच विवाद उत्पन्न हुँदा वीरगञ्जको श्रीपुर क्षेत्र तनावग्रस्त बनेको थियो। त्यससँगै स्थानीय प्रशासनले बिहान पौने १० बजेदेखि कर्फ्यू लगाएको थियो।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search