घुँडाको जटिल शल्यक्रिया गर्नुपर्ने भन्दै साम्बाले गरिन् आर्थिक सहयोगको याचना

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेकी छिन्।सामाजिक सञ्जाल फेसबुक मार्फत भण्डारीले सात महिनादेखि घुँडाको चोटको कारण आफू मैदान बाहिर रहेको र घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उपचारका लागि सहयोगको याचना गरेकी हुन्।

यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट) दुवैमा गम्भीर क्षति पुगेको उनले उल्लेख गरेकी छन्। यसका लागि पुनः जटिल शल्यक्रिया आवश्यक रहेको उनले बताएकी छिन्।

‘यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट) दुवैमा गम्भीर क्षति पुगेको यसका लागि पुनः जटिल शल्यक्रिया आवश्यक छ’, उनले लेखेकी छिन्, ‘आर्थिक रूपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ। त्यसैले नै म आज यहाँहरूमाझ सहयोगको याचना गरिरहेको छु।’

भण्डारीले आफ्नो उपचारमा यसपटक एन्फाले सहयोग नगरेको समेत बताएकी छन। ‘पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो। त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ। तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन’, उनले लेखेकी छिन्, ‘चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन ।

मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो। एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search