उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने अवस्था अन्त्य गर्छौं : वरिष्ठ नेता शाह

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।

आज इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताउनुभएको हो । पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउनुभयो ।

खाने तेलदेखि मरमसलासम्मका उद्योग यहाँ भए पनि नयाँ उद्योगहरु भने खुल्न नसकेको उहाँको भनाइ छ । नयाँ उद्योग खोल्नका लागि राजनीतिक र प्रशासनिक झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । नेता शाहले अहिले नयाँ उद्योग खोल्दा नेता र कर्मचारीलाई फकाउनुपर्ने अवस्थाको अन्त्य गर्ने समेत उद्घोष गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search