काठमाण्डौ । तीन दिन लगातार घटेर हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१.६२ अङ्कले बढेर २६३८.६२ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेर बजार हरियाली भएको दिन होटल तथा पर्यटन समूहको शेर दुई प्रतिशत भन्दा धेरैले बढेको छ । आज साल्पा विकास बैंकको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने रिलायन्स स्पीनिङ मिल र हिमालयन पावर कम्पनीको शेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
समग्रमा बजार बढेको दिन नेपाल एसवीआइ बैंकको शेयर साढे तीन प्रतिशत भन्दा धेरैले घटेको छ । बजार बढेपनि आज कारोवार रकम भने घटेको छ । हिजो ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय २८ कम्पनीका ९३ लाख ६४ हजार ९ सय ३८ कित्ता शेयर ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६ सय १३ रुपैयाँको कारोबार भएको छ ।











