आज पनि देशका केही ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । आज पनि देशका विभिन्न ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराइ क्षेत्रमा बिहानको समयमा हुस्सु लाग्नेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भाग तथा बाँकी प्रदेशको हिमाली भागमा साधरणतया बादल लाग्ने सम्भावना छ । बाँकी पहाडी भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागको एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण हिजो दिउँसोपछि पूर्वदेखि पश्चिमसम्म वर्षा, चट्याङ र असिनापानी पर्यो । हिजो पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा अलि धेरै पानी परेको छ । काठमाण्डौको जरसिंहपौवासहित, नुवाकोटको ककनीलगायत विभिन्न क्षेत्रमा असिना परेको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाण्डौ, नुवाकोट, लमजुङ, म्याग्दी, पर्वत, कास्की, बागलुङ, रोल्पा, सल्यान, प्युठानलगायतको ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search