भेनेजुएलाबाट ८ करोड ब्यारेल तेल प्राप्त भएको छ : अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आठ करोड ब्यारेलभन्दा बढी तेल प्राप्त गरेको जानकारी गराउनुभएको छ । अमेरिकी संसद् कङ्ग्रेसमा वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधन गर्दै ट्रम्पले नयाँ साझेदार भेनेजुएलाबाट तेल पाएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा धेरैले बढेको दाबी गर्दै आफ्नो पुरानो नारा ‘ड्रिल, बेबी, ड्रिल’ दोहोर्‍याउनुभयाे ।

अमेरिकाले विशेष सैन्य कारबाहीमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेपछि भेनेजुएलाको तेल अमेरिकामा भित्रन थालेको हो । ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उद्योग अमेरिकी कम्पनीहरूका लागि खोल्ने सङ्केत पनि दिएको छ ।

यस्तै ट्रम्पले भारत–पाकिस्तान द्वन्द्वमा आफूले हस्तक्षेप नगरेको भए त्यहाँ आणविक युद्ध हुने र साढे तीन करोड मानिस मारिने बताउनुभएको छ । आफ्नो कार्यकालको १० महिनामा आठ युद्ध समाप्त गरेको दाबी गर्दै ट्रम्पले भारत र पाकिस्तानको युद्ध रोक्नु ठूलो मानवीय जीवको सुरक्षा भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

आफ्नो अहिलेसम्मकै लामो एक घण्टा ५० मिनेटको भाषणमा ट्रम्पले अमेरिका पहिलेभन्दा ठूलो, राम्रो, धनी र बलियो भएको दाबी गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search