विद्युत् नियमन आयोगले नयाँ सुशासन मापदण्ड ल्याउने

काठमाण्डौ । विद्युत् नियमन आयोगले विद्युत् क्षेत्रका अनुमतिपत्र प्राप्त संस्थाहरूका लागि संस्थागत सुशासनसम्बन्धी नयाँ मापदण्ड ल्याउने भएको छ । आयोगले सार्वजनिक गरेको मस्यौदामा सञ्चालक समितिको संरचना, लेखा प्रणाली, जोखिम व्यवस्थापन र कर्मचारी प्रशासनसम्मका विषय समेटिएका छन् ।

सञ्चालक समितिमा महिला प्रतिनिधित्व अनिवार्य गर्ने र निजी स्वार्थ भएको विषयमा सञ्चालक निर्णय प्रक्रियाबाट अलग रहनुपर्ने प्रावधान राखिएको छ । खरिद प्रक्रियालाई पारदर्शी बनाउन खरिद विनियमावली लागू गर्नुपर्ने र आयोजनासँग प्रत्यक्ष सरोकार भएका कम्पनीले निर्माण तथा परामर्श कार्यमा भाग लिन नपाउने व्यवस्था पनि प्रस्तावमा समावेश छ ।

मापदण्डमा जोखिमलाई ‘निश्चित’, ‘उच्च’, ‘मध्यम’ र ‘न्युन’ गरी वर्गीकरण गरी आवश्यकताअनुसार बीमा व्यवस्था मिलाउनुपर्ने प्रावधान पनि रहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search