बन्धक बनाएर टेकुको एक होटलमा राखेका एक जनाको उद्धार

काठमाण्डौ । काठमाण्डौको टेकुमा रहेको एक होटलमा बन्धक बनाइएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरी तीन जनालाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले महानगरपालिका–१२ टेकुको एक होटलमा बन्धक बनाई कुटपिट गरिएका पूर्णबहादुर बोहरालाई उद्धार गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले बेहोरालाई सकुशल मुक्त गराएको हो । घटनामा संलग्न रहेको आरोपमा फपेन्द्र न्यौपाने, धनराज बस्नेत र होटल सञ्चालक शिव बहादुर घर्ती पक्राउ परेका छन् ।

अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धानका लागि तीनैलाई जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search