गुल्मीका ९ वटा पालिकामा राष्ट्रिय मगर दिवसका अवसरमा भोलि सार्वजनिक बिदा

गुल्मी । गुल्मीका १२ मध्ये नौवटा पालिकाले राष्ट्रिय मगर दिवसका अवसरमा भोलि सार्वजनिक बिदा दिएका छन् । मगर समुदायको सांस्कृतिक पहिचान र योगदानको सम्मान स्वरूप पालिकाले भोलि सार्वजनिक बिदा दिएका हुन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका, सत्यवती गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गउँपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका र इस्मा गाउँपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गरी एक दिनका लागि स्थानीय बिदा दिएको जनाएका हुन् । पालिकाहरुको निर्णय अनुसार भोलि पालिका भित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य सार्वजनिक निकाय बन्द रहनेछन् ।

मगर समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष फागुन १५ गते मगर दिवस मनाइँदै आएको छ । दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरिँदैछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search