असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड

काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य रहेको बताउनुभएको छ ।

पार्टीको निर्वाचन परिचालन समितिले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले थुप्रै संशय र विवादकाबीच चुनाव सुनिश्चित भएको र यसले देशलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो ।

चुनाव सम्पन्न हुन अब एक हप्ता मात्र बाँकी रहेको अवस्थामा सिङ्गै देश चुनावी प्रक्रियामा होमिएको प्रचण्डको भनाइ छ । यो चुनावलाई सफल पार्नु सबै तह र तप्काको साझा जिम्मेवारी रहेकोमा उहाँको जोड छ । फागुन २१ मा हुने चुनावका लागि नेकपाले आज आफ्नो चुनावी अपिल पनि सार्वजनिक गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search