चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने

काठमाण्डाै । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाको १ सय ६५ निर्वाचन क्षेत्रका २३ हजार १ सय १२ केन्द्र र समानुपातिकमा मात्र मत खसाल्ने १ सय ४३ अस्थायी केन्द्रमा गरी २ लाख २१ हजारको सङ्ख्यामा कर्मचारी खटिने भएका हुन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले ५ सयभन्दा धेरै मतदाता भएका केन्द्रमा ९ जना र ५ सयभन्दा कम मतदाता भएका केन्द्रमा ८ जनाको सङ्ख्यामा कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरू कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।

निर्वाचन सामग्री र मतपत्र देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको पनि आयोगले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search