चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाण्डाै । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीवार हुने प्रतिनिधिसभा सदस्य चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । दोलखाको बैतेश्वर गाउँपालिका–२ मा मतदान केन्द्रको आज स्थलगत निरीक्षण तथा अनुगमन गर्दै गृहमन्त्री अर्यालले विगतमा भएका कमी कमजोरीलाई सच्याइ यसपटकको चुनाव निष्पक्ष र धाँधलीरहित सम्पन्न गर्ने गरी वातावरण बनाउनसमेत निर्देशन दिनुभयो ।

संवेदनशील मानिएको मतदानस्थलको निरीक्षण गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी दोलखा पुग्नुभएको हो ।

गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षसँग अनुरोध गर्नुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले चुनावलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाको भूमिका र सक्रियता महत्त्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search