एक हजार ६१ उजुरी फछर्यौट भएको आयोगको भनाइ

काठमाण्डौ । निर्वाचन आयोगले एक हजार ६१ उजुरी फछर्यौट भएको जनाएको छ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेकोमा झण्डै ९९ प्रतिशत फछर्यौट भएको हो ।

आयोगका अनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २ सय ४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । प्राप्त उजुरीमध्ये ९७ लिखित र ९ सय ७९ टेलिफोन, एसएमएस लगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेका रहेको आयोगले जनाएको छ ।

यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, माइक बजाएर ध्वनि प्रदूषण गरेको जस्ता उजुरी रहेका छन् । त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक ठाउँ र गाडीमा झण्डा टाँगेको, अनुमति नलिएका गाडी प्रयोग गरेको लगायतका छन् । आयोगले आचारसंहिताको पालना गर्न आग्रह पनि गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search