मकाल गाउँपालिकाको वडा न. २ र ५ जोड्ने अरुण नदिको बेलीब्रिज भाचिएको छ । जुन पुल कासुवा हाइड्रोपावरले निर्माण गरेको थियो । बेलिव्रिज पुलभाँचिएर दुर्घटना हुँदा टिप्पर चालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपाल्चोक बाह्रबिसेका ४६ वर्षिय अर्जुन श्रेष्ठ रहेको प्रहरी चौकी नुमले जानकारि दिएको छ ।
गाडि नं (०३००१ क २९२०) रहेको गाडि दुर्घटना हुदाँ चालक गम्भिर घाइते भएका हुन् । स्थानीयका अनुसार सामान बोकेर गइरहेको ट्रक बेलिब्रिज पार गर्ने क्रममा अचानक पुल भाँचिएपछि सिधै नदीमा खसेको हो ।
दुर्घनामा परेका घाईते श्रेष्ठको नुम प्राथमिक स्वास्थ्य केन्द्र नुममा प्राथमिक उपचार गरिएको छ, केहि समय पछि हेलिकप्टरमार्फत उपचारकालागि काठमाडौं लगिने स्रोतले जनाएको छ ।











