काठमाण्डौ । चुनाव अघिको अन्तिम कारोबार दिन आज शेयर बजार उच्च अङ्कले बढेको छ । भोलिदेखि होलीको बिदा शुरु हुने र २० गतेदेखि सरकारले चुनावको बिदा दिएका कारण आज चुनाव अघिको अन्तिम कारोबार दिन हो ।
अब शेयर बजार आउँदो २५ गते सोमवार मात्रै खुल्नेछ । आज शेयर बजार परिसूचक नेप्से १९.२७ अङ्कले बढेर २६७४.२० को बिन्दु पुगेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
गएको बिहिवार ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँको कारोबार भएकोमा आज ३ सय ४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४ सय ६२ कित्ता शेयर पाँच अर्ब ६४ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।











