चुनावलाई भयरहित वातावरणमा सम्पन्न गराउन आईजीपी कार्कीको निर्देशन

काठमाण्डौ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चुनावलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिएर भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज श्रव्यदृश्य माध्यममार्फत सम्बोधन गर्दै उहाँले चुनाव अघि, चुनावका बेला र चुनावपछि अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे स्पष्ट निर्देशन दिनुभएको हो ।

उहाँले राष्ट्रप्रतिको दायित्व सम्झेर इमान्दारीपूर्वक काम गर्न आग्रह गर्नुभयो । साथै, सुरक्षा संवेदनशीलताको विश्लेषण गरेर रणनीतिक रूपमा परिचालन हुन र भरपर्दो सुरक्षा योजना लागू गर्न जोड दिनुभयो । अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि उहाँले निर्देशन दिनुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search