इरानमा अमेरिका र इजराइलले गरेको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित रक्षामन्त्री र सेना प्रमुख पनि मारिएका पुष्टि भएको छ । उनीहरु हिजै मारिएका भए पनि आज बिहान खामेनी मारिएका पुष्टि भएको थियो भने त्यसपछि रक्षामन्त्री अजिज नासिरजादेह र सरकारी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुलरहिम मौसावीको पनि ज्यान गएको पुष्टि भएको हो ।
इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमले उनीहरुको ज्यान गएकोबारे समाचार प्रकाशन गरेको छ । गएको जुनमा इजरायलले आक्रमण गर्दा तत्कालीन सेना प्रमुखको ज्यान गएपछि लेफ्टिनेन्ट जनरल मौसावी सशस्त्र बल प्रमुख नियुक्त हुनुभएको थियो ।
हिजोको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोर (आइआरजीसी)का प्रमुख मेजर जनरल मोहम्मद पाकपुर र रक्षा मन्त्रालयका सल्लाहकार सचिव अली शमखानीको पनि ज्यान गएको पुष्टि भएको छ । आईआरजीसी इरानको सबैभन्दा शक्तिशाली सुरक्षा संरचनामध्ये एक मानिन्छ ।











