कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । जल तथा मौमस पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका केही ठाउँमा बिहान हुस्सु लागको छ भने कोशी, बागमती र गण्डकीका हिमाली भेगमा साधारणतया बादल छ ।

राति तराई क्षेत्रका थोरै ठाउँहरुमा तुँवालो लाग्नेछ । यस्तै कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भेगमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेशको हिमाली तथा पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको समेत सम्भावना छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search