काठमाण्डाै । गएकाे भदाै २३ र २४ गतेकाे नवयुवा आन्दाेलनका क्रममा भएकाे मानवीय एवम् भाैतिक क्षतिकाे छानबिन गर्न गठित जाँचबुझ आयाेगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएकाे छ ।
नवयुवा आन्दाेलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीकाे नेतृत्वमा गठित जाँचबुझ आयोगले केहीबेरअघि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हाे ।
नवयुवा आन्दाेलनका क्रममा भएकाे घटनाको छानबिनका लागि गठित आयोगलाई मन्त्रिपरिषद्ले शुरूमा तीन महिना समय दिएकाे थियाे । त्यसपछि आयाेगकाे समय पहिलो पटक एक महिना, दोस्रो पटक २० दिन र तेस्रो पटक २५ दिन म्याद थप भएकाे थियो ।
पछिल्लाे पटक थपिएको म्याद सकिने एक दिनअघि आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो










