नेप्से आज पनि उच्च अङ्कले घट्यो

काठमाण्डौ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ३२.८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ४६.७८ अङ्कले घटेर २७९६.५७ विन्दुमा झरेको छ । चुनाव सकिएपछिको पहिलो कारोबार दिन अस्ति सोमवार तीनवटा ब्रेकरसहित १ सय ६२ अङ्कले बढेको नेप्से हिजो र आज लागातार घटेको हो ।

आज म्यूचुल फण्ड बाहेक सबै समूहको शेयर घट्दा व्यापार समूह झन्डै साढे ३ प्रतिशतले घटेको छ । यस्तै फाइनान्स समूह पनि २ प्रतिशत भन्दा धेरैले घट्यो । आज कालिका पावर कम्पनीको शेयर झन्डै साढे ८ प्रतिशतले घट्यो ।

समग्रमा बजार घटे पनि साल्पा विकास बैंकको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । नेशनल हाइड्रो र रियलाइन्स स्पीनिङ मिलको शेयर पनि झन्डै १० प्रतिशतले बढ्यो ।

आज नेप्सेसँग कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । हिजो २१ रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका ३ करोड ६० लाख कित्ता शेयर १३ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search