काठमाण्डौ । राष्ट्रिय लिग फुटबलमा चर्च बोइज युनाइटेडले काँक्रेबिहार क्लबलाई हराएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको आजको पहिलो खेलमा चर्च बोइजले काँक्रेबिहारलाई २–१ गोलले हरायो ।
यो जीतसँगै चर्च ब्वाइज ८ खेलमा १९ अङ्कसहित दोश्रो स्थानमा उक्लिएको छ । ९ खेलमा १ अङ्क मात्र जोडेको काँक्रेबिहार पुछारबाट दोश्रो स्थानमा छ ।
अहिले दशरथ रङ्गशालामा सङ्कटा फुटबल क्लब र श्री भगवती क्लबको खेल चलिरहेको छ । आजै बेलुका ६ बजे दशरथ रङ्गशालामै दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् ।











