आर्मीलाई हराउँदै एपीएफ राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा

काठमाण्डौ । राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा हिजो भएको खेलमा एपीएफले आर्मीलाई १–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।

यो जितपछि एपीएफको १० खेलमा २४ अंक भएको छ । २२ अंक रहेको मछिन्द्र दोस्रोमा झरेको छ भने १० खेलमा २० अंक भएको आर्मी तेस्रोमा यथावत् छ । एपीएफको जितमा सबिन गुरुङले गोल गरे । उनले

खेलको ७६औँ मिनेटमा गोल गरे । राष्ट्रिय लिगमा हिजै भएका खेलमा चर्च ब्वाइजले काँक्रेबिहार क्लबलाई २–१ गोलले हराउँदा सङ्कटा क्लबले श्री भगवती क्लबलाई १–० गोलले हरायो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search