राष्ट्रिय लिगमा फुटबलमा जनजागृति र सातदोबाटोको खेल बराबरी

काठमाण्डौ । राष्ट्रिय लिग फुटबलमा जनजागृति क्बल र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् । सातदेबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा जनजागृति र सातदोबाटोले १–१ गोलको बराबरी खेलेका हुन् ।

जनजागृतिले आफ्नो दशौं खेलमा आएर अङ्क बनाएको छ । समान खेलमा ८ अङ्कसहित सातदोबाटो पुछराबाट चौथो स्थानमा छ । आजै बेलुकी ६ बजे दशरथ रङ्गशालामा न्युरोड टिम (एनआरटी) र श्री भगवती क्लब खेल्दैछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल र एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search