युद्धको तनावका कारण धनीहरुले मध्यपूर्व छाड्ने क्रम बढ्यो

अमेरिका । इजरायल र इरानबीच शुरू भएको युद्धले मध्यपूर्वको हवाई यात्रामा कोभिड–१९ पछिको सबैभन्दा ठूलो अवरोध ल्याएको छ । मिसाइल र ड्रोन आक्रमणले खाडीको आकाश अस्तव्यस्त बनेकाले व्यावसायिक उडानहरू व्यापक रूपमा रद्द वा अनिश्चित भएका छन् ।

यस्तो अवस्थामा आर्थिक रूपमा सक्षम भएकाहरु निजी जेट चार्टर गरी अन्यत्र जान थालेका सीएनएनले जनाएको छ । प्राइभेट जेट कम्पनी एयरएक्सका अध्यक्ष जोन म्याथ्युजका अनुसार अति–उच्च सम्पत्ति भएका परिवारदेखि बहुराष्ट्रिय कम्पनीका वरिष्ठ अधिकारीसम्मले उडान बुकिङ गरिरहेका छन् ।

चार्टर कम्पनी एसएचवाई एभिएसनका प्रमुख कार्यकारी बर्नार्डस भोस्र्टरका अनुसार सामान्य अवस्थामा मस्कट, दुबई र रियादबाट दैनिक १० देखि १५ वटा निजी जेट उड्ने गर्थे, तर गएको बुधबार मात्रै यो संख्या ९८ पुगेको थियो ।

मस्कटबाट इस्तानबुलसम्मको पाँच घण्टे उडानमा १२ जनालाई लैजान झन्डै २ करोड नेपाली रुपैयाँ बराबर १ लाख ४५ हजार अमेरिकी डलर तिरिएको छ । यो युद्धअघिको भाडाभन्दा १ सय ४२ प्रतिशत बढी हो ।

इस्तानबुल सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ, त्यसपछि एथेन्स र मुम्बई रहेका छन् । तर यो सुविधा मुट्ठीभर धनाढ्यका लागि मात्र हो, किनकि क्षेत्रमा बढीमा ५० वटा जेट मात्र उपलब्ध छन् । युद्धले एकातिर लाखौं सर्वसाधारण यात्रुको जीवन अस्तव्यस्त पारेको छ भने अर्कातिर धनाढ्यहरूका लागि करोडौंको व्यवसाय फस्टाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search