काठमाण्डौ । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ४९ वर्षीया निर्मला बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो ।
यस्तै २८ वर्षीय एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन् । घाइतेको होलेरीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।











