चैत महिनाका लागि वाणिज्य बैंकहरूकाे ब्याजदर घट्याे

काठमाण्डाै । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आजदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदरअनुसार फागुनको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ ।

चैत महिनाका लागि बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत विन्दुमा झरेको छ । गएकाे फागुनमा ब्याजदर व्यक्तिगततर्फ ४.५६ र संस्थागततर्फ ३.३३ प्रतिशत विन्दुमा थियो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने बाँकी १४ वटाले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउनेहरूमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत विन्दुले घटाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search