रन आउट भएपछि हेल्मेट मैदानमा फ्याँकेका पाकिस्तानी ब्याटरलाई आईसीसीकाे जरिवाना

काठमाण्डाै । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानी ब्याटर सलमान अली आगालाई जरिवाना गरेकाे छ । मिरपुरमा भएको घरेलु टोली बङ्गलादेशसँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आचारसंहिता उल्लङ्घन गरेको अरोपमा आईसीसीले आगालाई डिमेरिट अङ्क दिएको हाे ।

बङ्गलादेशसँगको दोस्रो एकदिवसीय खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ३९औँ ओभरमा आगा अनौठौ तरिकाले रन आउट भएपछि उनले आफ्नो पञ्जा र हेल्मेट मैदानमा फ्याँकेका थिए ।

६२ बलमा ६४ रन बनाएका आगा नन–स्ट्राइकर एन्डमा क्रिज बाहिर थिए । बङ्गलादेशका बलर मेहदी हसन मिराजले गरेको बल अर्का पाकिस्तानी ब्याटर मोहम्मद रिजवानले नन स्ट्राइकर एन्डतिर खेलेका थिए । त्यो बल नन स्ट्राइकिङ एन्डमा रहेका अर्का ब्याटर सलमान आगाको खुट्टा नजिक पुगेको थियो । आगाले त्यो बल उठाएर बलरलाई दिन लागेका थिए, त्यत्तिकैमा मिराजले बल स्टम्पतिर फ्याँके र विकेट लिए । यसरी आउट भएपछि आगा रिसाएका थिए ।

यो खेलमा बङ्गलादेश डकवर्थ लुइस नियमका आधारमा १२८ रनले पराजित भएको थियो । पहिलो खेल बङ्गलादेशले ८ विकेटले जितेको थियो । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search