अन्तर आधारभूत तह हाजिरीजवाफ प्रतियोगिताको उपाधी बालविकास लामिचौरलाई

चैनपुर । चैनपुर नगरपालिका वडा नं. ७ मा रहेको बालविकास आधारभूत विद्यालय लामिचौरको ३६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । फागुन २९ गते अन्तर आधारभूत तह १–५ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ११ वटा विद्यालयहरु सहभागी भएका थिए । जसमा जेनेरल, फोटो र र्‍यापिड गरेर ३ चरणमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा आयोजक विद्यालय बालविकास आधारभुत विद्यालय प्रथम भएको छ भने सरस्वती आधारभुत विद्यालय भित्रे द्दितीय भएको छ ।

यस्तै जलेश्वरी आधारभुत विद्यालय तिखिढुंगा तृतीय र सुर्योदय आधारभुत विद्यालय फलाटे सान्त्वना भएको हो । क्रमश प्रथम, द्दितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई चार हजार, तीन हजार, दुई हजार र एक हजार प्रदान गरिएको छ ।

सहभागी विद्यालयहरुलाई समेत पाँच सयको दरले सहभागी पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा विभिन्न विद्यालयको प्रधानाध्यापकहरु, शिक्षक प्रतिनिधि, अभिभावक, विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमकुमार लिम्बूले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि चैनपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नगेन्द्र कार्कीले गर्नुभएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search