बाजुरा । बाजुराकाे उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको छ । गएकाे माघ दोस्रो हप्तामा पनि उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो । वर्षासँगै हिमपात भएपछि किसान खुशी भएका छन् ।
बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरूमा हिमपात भएको छ । हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदह लगायतका स्थानीयवासी धेरै प्रभावित बनेका छन् ।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जसीराम सहानीले वर्षासँगै हिमापातले हिउँले बालीलाई राम्रो हुने बताउनुभएको छ ।











