एनआरएनए अध्यक्षमा हेमराज शर्माको नाममा सहमति

काठमाण्डाै । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अरू उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका साथै रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिनुभएको थियो ।

निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनाएको छ । एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । अस्ति शनिवारदेखि काठमाण्डौमा शुरू भएको एनआरएनएकाे १२औँ अधिवेशन आज सकिँदैछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search