पाकिस्तानका पूर्वकप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

काठमाण्डाै । पाकिस्तानका पूर्वकप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यो निर्णयसँगै ३८ वर्षीय सरफराजको झन्डै २० वर्षको क्रिकेट करियर समाप्त भएको छ ।

सरफराजको कप्तानीमा पाकिस्तानले सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफी र सन् २००६ मा १९ वर्षमुनिको विश्वकप जितेको थियो । उनी इमरान खानपछि पाकिस्तानका लागि ५० ओभरको आईसीसी उपाधि जित्ने पहिलो कप्तान पनि थिए । इमरान खानकाे कप्तानीमा पाकिस्तानले सन् १९९२ मा एकदिवसीय क्रिकेट विश्वकपकाे उपाधि जितेकाे थियाे ।

सरफराज अहमदले ५४ टेस्ट, ११७ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले टेस्टमा ४ शतकसहित ३ हजार ३१ रन, एकदिवसीयमा २ शतकसहित २ हजार ३१५ रन र टी–२० अन्तर्राष्ट्रियमा ३ अर्धशतकसहित ८१८ रन बनाएका छन् । यस्तै सरफराजले १३ टेस्ट, ५० एकदिवसीय र ३७ टी–२० अन्तर्राष्ट्रिय गरी १०० खेलमा पाकिस्तानको कप्तानी गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search